Section 29I
सम्बन्धित मुलुकमा लेखी पठाउने
(१) दफा २९च. बमोजिम प्रकाशित सूचीमा नाम उल्लेख भएको व्यक्ति, समूह वा संगठनको कुनै सम्पत्ति वा कोष विदेशमा रहे भएको देखिएमा त्यस्तो सम्पत्ति वा कोष रोक्का राख्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित मुलुकमा अविलम्व लेखी पठाउनु पर्नेछ । (२) उपदफा (१) बमोजिम लेखी पठाएको सूचीकृत व्यक्ति, समूह वा संगठनको नाम त्यस्तो सूचीबाट हटाइएमा निजको रोक्का राखेको सम्पत्ति वा कोष फुकुवा गर्न समेत गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित मुलुकमा लेखी पठाउनु पर्नेछ ।